काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सारिएको हो ।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन् । तर, अहिले सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मकरूपमा टुंगिएपछि बैठक केहीबेर धकेलिएको हो ।
सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन् । गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा बोल्ने र बैठक अघि बढाउनेगरी सहमति बनेपछि अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको घुस डिलबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध