रमेश प्रसाईंको गीतमा बालबालिकाको 'उज्यालो सपना'

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०८२, ०८ : ०१
रमेश प्रसाईंको गीतमा बालबालिकाको 'उज्यालो सपना'

काठमाडौँ । बालबालिकाको उज्ज्वल भविष्यको आधार शिक्षा नै हो भन्ने सन्देश दिने  बाल गीत ‘हामी साना नानी’ ले सानै उमेरदेखि पढाइ, राम्रो बानी र सामाजिक विकासतर्फ अभिप्रेरित गर्ने भाव बोकेको छ।

गीतमा साना नानीहरूले ‘पढौँ, लेखौँ र राम्रा बानी सिकौँ’ भन्ने उद्घोष गर्दै विद्यालयलाई ज्ञान प्राप्तिको केन्द्रका रूपमा चित्रित गरिएको छ। 

गीतमार्फत स्कुल जाने क्रममा साथीभाइसँगको मेलमिलाप, रमाइलो वातावरण, गीत गाउने, नाच्ने र रमाइलो गर्दै नयाँ कुरा सिक्ने बालमैत्री वातावरणको चित्रण समेत गरिएको छ।

गीतले केवल किताबी ज्ञान मात्रै होइन, व्यवहारिक सीप, राम्रो संस्कार र सामाजिक विकासका पक्षहरूलाई पनि समान रूपमा महत्त्व दिएको देखिन्छ। ‘पढी लेखी विकास गर्छौँ हामी आफ्नो गाउँ’ भन्ने पंक्तिबाट बालबालिकाले आफू पढेपछि समाज र गाउँको समग्र उन्नतिमा योगदान पुर्‍याउने सोच राख्नुपर्ने स्पष्ट सन्देश दिइएको छ।

बालबालिकालाई पढाइप्रति रुचि बढाउने, विद्यालयको महत्त्व बुझाउने र सामूहिक सहभागिता तथा रमाइलो सिकाइ प्रक्रियाको प्रेरणा दिने गीतले प्रारम्भिक शिक्षाको गहिरो महत्त्व उजागर गर्छ।

यस गीतका लेखक हुन्, रमेश प्रसाईं । हाल बालबाटिका इन्टरनेशल स्कुलका अध्यक्ष उनले लेखेको गीतमा श्रेया राई र बालबाटिकाकै विद्यार्थीहरूले आवाज दिएका छन् । 

कर्ण राईको संगीत रहेको गीतको म्युजिक भिडियो पनि तयार रहेको छ।  जसमा सोही स्कुलका विद्यार्थी र शिक्षकहरूको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/XZvTLYQpvLA?feature=shared

प्रतिक्रिया दिनुहोस