काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए ।
त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिए । माओवादी उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटनामात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए ।
मुख्य आरोपी तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएकोले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको घुस डिलबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो