काठमाडौं । राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्तिजनक र उत्तेजक अभिव्यक्ति दिएको आरोप लगाएको छ । संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै आगामी जेठ १५ गतेदेखि आन्दोलन गर्न लागिएपनि प्रधानमन्त्रीले आइतबार एक कार्यक्रममा उत्तेजक र आपत्तिजनक अभिव्यक्ति दिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा सोमबार जारी गरिएको प्रेस वक्तव्यमा उल्लेख छ ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र संविधान तथा लोकतन्त्रको मर्म विपरीत रहेको उल्लेख गरिएको छ। आइतबार ओलीले जेठ १५ गते काठमाडौंलाई पार्टीको नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
सुवेदीका अनुसार प्रधानमन्त्रीको जिम्मेवारी शान्ति, संविधानको पालना र जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा उल्टो द्वन्द्व भड्काउने खालको भाषा प्रयोग गर्नु आश्चर्यजनक र आपत्तिजनक हो।
वक्तव्यमा संयुक्त जनआन्दोलन समितिले भ्रष्ट व्यवस्था र शासकविरुद्धको आन्दोलन शान्तिपूर्ण तरिकाले अघि बढाउने उल्लेख छ। 'आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रहमा आधारित हुनेछ', विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान
राजावादी समूहको प्रदर्शनमा पुगे विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास
राजावादीको समूह बानेश्वर प्रवेश गर्न खोज्दा तनाव
राजावादी समूहको काठमाडौंमा र्याली