काठमाडौँ । कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अङ्ग हो । कलेजोले विषाक्त पदार्थहरू हटाउन र पोषक तत्त्वहरू पचाउन मद्दत गर्दछ । तर, खराब खानपिन र अस्वस्थ पेय पदार्थको सेवनले कलेजोमा बोसो जम्मा हुन सक्छ । यसरी कलेजोमा बोसो जम्मा हुनुलाई फ्याटी लिभर भनिन्छ ।
यो समस्याले बिस्तारै गम्भीर रोगको रूप लिन सक्छ । हाम्रो खानपिन र जीवनशैली यति छिटो छिटो परिवर्तन हुँदै गइरहेछ कि हामीलाई आफ्नोबारे ध्यान दिने समय नै छैन । समयको अभाव र आलस्यका कारण हामी आफ्नो शरीरलाई जे पनि खुवाइरहेका हुन्छौँ । आजको यस लेखमा आमी यस्ता ४ पेय पदार्थबारे कुराकानी गर्नेछौँ, जसको नियमित सेवनले कलेजोमा नराम्रो असर पार्न सक्छ ।
धेरै चिनी भएको हलुका पेय पदार्थ
सफ्ट ड्रिंक्समा चिनी र फ्रुक्टोजको मात्रा धेरै हुन्छ, जसले कलेजोमा अतिरिक्त बोसो जम्मा गराउन सक्छ । यसको निरन्तर सेवनले नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज (एनएएफएलडी)को जोखिम बढाउँछ ।
मदिरा
धेरै मदिरा पिउनु कलेजोको लागि सबैभन्दा हानिकारक हुन्छ । यसले कलेजोको कोषहरूलाई क्षति पुर्याएर अल्कोहोलिक फ्याटी लिभरको समस्या निम्त्याउन सक्छ । बिस्तारै लिभर सिरोसिस र अन्य गम्भीर समस्याहरूको जोखिम बढ्दै जान्छ ।
धेरै क्याफिन भएका इनर्जी ड्रिङ्क्स
केही इनर्जी ड्रिंक्समा क्याफिन र चिनीको मात्रा बढी हुन्छ, जसले कलेजोमा अतिरिक्त दबाब दिन्छ । यसको अत्यधिक सेवनले कलेजोको डिटोक्सिफिकेसन क्षमतालाई कमजोर बनाउन सक्छ ।
फलफूलको प्रशोधित जुस
बजारमा पाइने प्याक गरिएका फलफूलको जुसमा अत्यधिक चिनी र प्रिजर्भेटिभ्स हुन्छन् । यसमा प्राकृतिक फाइबरको कमी हुन्छ, जसले गर्दा कलेजोले बोसोलाई राम्रोसँग प्रशोधन गर्न सक्दैन र बिस्तारै फ्याटी लिभरको समस्या बढ्न सक्छ ।
यसरी बच्नुहोस्:
–ताजा फलफूलको रस वा कागती पानी पिउनुहोस् ।
–आफ्नो खानामा ग्रिन टी र हर्बल पेय पदार्थ समावेश गर्नुस् ।
–दैनिक रूपमा पर्याप्त पानी पिउनुहोस् ।
–मदिरा र प्रशोधित पेय पदार्थहरूको सेवनबाट बच्नुहोस् ।
अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, ११ : ४३
लेखकबाट थप