काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणमा खर्बपति व्यापारी एलन मस्क पनि साथमै रहनेछन् । ह्वाइट हाउसका एक अधिकारीले भनेको भन्दै सीएनएनले समाचार छापेको छ ।
अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान एयर फोर्स वनमा ट्रम्पको साथमा विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेग्सेथ, वाणिज्य मन्त्री होवार्ड लुट्निक र ऊर्जा मन्त्री क्रिस राइट् पनि साउदी गएका थिए ।
तर मस्क भने छुट्टै जाने बताइएको छ । ट्रम्पको प्रशासनमा मस्कले सरकारी दक्षता विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । साउदीमा हुने अमेरिका–साउदी लगानी फोरममा मस्क माइक्रो ब्लगिङ वेबसाइट एक्सको सीईओको हैसियतमा सहभागी हुनेछन् ।
यो फोरम मंगलबार अबेर हुँदै छ । फोरमको वेबसाइटका अनुसार मस्क फिचर्ड स्पिकर रहनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
डोनाल्ड ट्रम्पले भने- रुस र युक्रेन सम्झौताको धेरै नजिक छन्
अमेरिका चीनसँग कुराकानी गरिरहेकाे छ : ट्रम्प
कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
अतिरिक्त भन्सार महसुलमा व्यवहार ठिक भएनः ट्रम्प