काठमाडौँ । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको बताएका छन् । उनले आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको बताएका हुन् ।
नीति तथा कार्यक्रमका पक्षमा संसद् सकारात्मक ढंगले सक्रिय र प्रभावकारी भूमिका निभाउन सत्तारुढ र विपक्षी सांसदहरूलाई उनको आग्रह थियो । देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान र देश तथा जनताको हितलाई केन्द्रमा राखी विकास, समृद्धि, सुशासन र सेवा प्रवाहलाई महत्त्व दिएर नीति तथा कार्यक्रम आएको उनको भनाइ थियो।
नीति तथा कार्यक्रमको विपक्षमा बोल्दै आएका माओवादी केन्द्रप्रति उनले व्यंग गर्दै जस्तोसुकै राम्रो पक्षलाई पनि आलोचना गर्ने खराब चरित्रबाट मुक्त हुनुपर्नेसमेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य विरुद्धको अपराधमा गृहमन्त्रीलाई तत्काल गिरफ्तार गर्नुपर्छ : महेश बर्तौला
गृहमन्त्रीले प्रतिशोध राखेर पूर्वप्रधानमन्त्रीविरुद्ध झुटो मुद्दा दर्ता गराउन खोज्दैछन्: महेश बर्तौला
गृहमन्त्रीले सदनमा नबोली छानबिन आयोगबारे छलफल हुँदैन : महेश बर्तौला
शिक्षा विधेयक राष्ट्रिय महत्वको विधेयक हो : महेश बर्तौला