काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले आमनेपाली नागरिकका लागि शुद्ध खानेपानी सपना मात्र नभइ अब व्यवहारिक हक बन्ने बताएका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा बिहीबार सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियान अन्तर्गत देशभरिका दुर्गम गाउँदेखि शहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको बताए ।
सरकार विकासको प्रत्येक पाइलामा नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको तथा संघीय सरकार, स्थानीय निकाय र जनताको सक्रिय सहकार्यको उदाहरण स्वरूप सिन्धुलीको सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा खानेपानी योजना सफल बन्न पुगेको मन्त्री यादवको भनाइ थियो ।
आयोजनाको निर्माण कार्यका लागि सम्झौता २०७९ असार ९ गते गरिएको तथा प्रारम्भिक योजना अनुसार आयोजनाको कार्य २०८२ असार ८ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
‘कार्य प्रगति र आवश्यक परिमार्जनपछि अन्तिम लागत ३७ करोड ९४ लाख ९० हजार ५२४ पुगेको छ, यस आयोजनाले यहाँका नागरिकलाई स्वच्छता, स्वास्थ्य र समृद्धिका क्षेत्रमा सकारात्मक प्रभाव पुर्याउने विश्वास लिइएको छ’, उनले भने ।
सुनकोशीको नाङ्गेडाँडा आयोजनाअन्तर्गत कूल दुई हजार ५३५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै प्रत्येक परिवारमा शुद्ध र सुरक्षित खानेपानी पुग्ने लक्ष्य लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख इञ्जिनियर हेराकाजी मर्हजनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
जलवायु परिवर्तनको असर खानेपानी, कृषि र विद्युतमा पनि देखियोः मन्त्री यादव
खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : मन्त्री यादव
कोठा नम्बर ४०७ मा खानेपानीमन्त्रीको नयाँ कार्यकक्ष
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन