काठमाडौ । विद्यालय शिक्षा ऐन माग गर्दै सडकमा रहेका शिक्षकहरुसँग सरकारले गएराति दुई चरणमा वार्ता गरेको छ । वार्ताबाट ठोस निस्कर्ष भने निस्कन सकेन ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा मन्त्रालयमा गएराति विभिन्न विषयमा लामो छलफल चलेको बताए । तर, कुनै निष्कर्षमा पुग्न नसकिएको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए ।
यद्यपि सरकारले बुधबारसम्ममा उनीहरुको माग पूरा गर्ने बताएको छ । सोमबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले छलफल सकारात्मक ढंगले अघि बढेको र बुधबारसम्मा माग पूरा गर्न प्रयास गरिने बताए ।
उनका अनुसार मन्त्रिपरिषद्को बैठकमा शिक्षामन्त्रीले वार्ता सकारात्मक ढंगले अघि बढेको ब्रिफिङ गरेका थिए । मन्त्रिपरिषद् बैठक र पछि गरी दुई पटक शिक्षकहरुसँग वार्ता भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?
शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति