काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ ।शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।
प्रहरीका अनुसार आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् ।जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्याएको थियो ।
घाइते शिक्षक जोशी बोल्न सक्ने अवस्थामा छन् । उनको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?
शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति