काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् । नेता डङ्गोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्।
‘नेपाली कांग्रेस काठमाडौँका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ । उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले विर्सने छैन ।
सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता डङ्गोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान ११ः०० बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
दिउँसो १ः०० बजेसम्म शव राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अपराह्न २ः०० बजे काठमाडौँको टेकु दोभानमा उनको दाहसंस्कार गरिनेछ । सभापति देउवाले नेता डङ्गोलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा