काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन 'सम्झौताको धेरै नजिक' पुगेको बताएका छन् । अमेरिकी विशेष दूत स्टीव विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको केही समयपछि ट्रम्पले यस्तो दाबी गरेका हुन् ।
भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकफबीचको वार्ता रचनात्मक र उपयोगी भएको बताएका थिए । पुटिन र स्टिभ विटकफबीचको छलफलबारे अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौतामा पुग्ने प्रयास 'सफलतापूर्वक' भइरहेको बताए।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार राति आफ्नो भिडियो सम्बोधनमा भने, 'रूसलाई बिना शर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ।' हालै पुटिनले पनि जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको संकेत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलोन मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भयो : राष्ट्रपति ट्रम्प
ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश
युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
अमेरिका चीनसँग कुराकानी गरिरहेकाे छ : ट्रम्प