काठमाडौ । सरकार र नेपाल शिक्षक महासंघबीच आज बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकिएको छ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वार्ता भर्खरै सकिएको र छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए। तर आफूहरूको आन्दोलन जारी रहने उनले बताए।
अध्यक्ष सुवेदीले भने, ‘शिक्षक महासंघ आन्दोलनमा छ। मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफललाई निरन्तरता दिने सहमति भयो। अर्काे बैठक कहिले भन्ने भएको छैन। छलफलबाट तय हुनेछ।’
तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।
सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस (सुचीसहित)
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ