पार्टी एकताअघि 'पावर सेयरिङ'

पत्रपत्रिकाबाट

बुधबार, १९ पुस २०७४, ०८ : ३०
पार्टी एकताअघि 'पावर सेयरिङ'

नेकपा माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई एमालेसँग पार्टी एकताअघि 'पावर सेयरिङ' मा ध्यान पुर्याउन सुझाव दिएका छन् ।

खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा धारणा राख्ने अधिकांश सदस्यले पावर सेयरिङ लाई निचोडमा पुर्याएर एकता प्रक्रिया अघि बढाउने नेतृत्वलाई सुझाव दिएका हुन् ।

बैठकमा दाहालले पनि बुधबारभित्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अविलम्ब एकता संयोजन समिति बैठक बोलाउन आग्रह गरिने बताए ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस