चितवन । चितवनका शिक्षक ओमराज मैनाली मृत भेटिएका छन । उनि देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै आज साँझ ५ः४० बजे मृत भेटिएका हुन । तीन दिनदेखि सम्पर्कबिहिन उनको खोजी तीब्र पारिएको थियो ।
पछिल्लो समय उनि भरतपुर महानगरपालिका वडा नम्वर-२ स्थित न्यू होराइजन इङ्लिस स्कुलमा प्राचार्यमा नियुक्त भएका थिए । न्यू होराइजनमा मैनालीले केही दिन मात्र काम गरे । यसअघि मैनाली भरतपुरको अंकुरम एकेडेमीमा सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।
उनि ८ गते साँझ ७ः३० बजे घरबाट निस्किएका थिए । राती ८ः३० बजेदेखि उनको मोबाइल अफ भएको थियो भने मोटरसाइकल देवघाटको पुल छेउमा फेला परेको थियो । मोटरसाइकलका आधारमा प्रहरीले नारायणी किनार क्षेत्रमा खोजी तीब्र पारेको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?
शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति