काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्ड प्रस्थान गरेका छन् । स्वास्थ्य परीक्षण घुमघामको लागि सभापतिको परिवार एक साताको लागि थाइल्याण्ड प्रस्थान गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘सभापतिजी, परराष्ट्रमन्त्री आरजु, स्वकीय सचिव भानु देउवा, छोरा-बुहारीसहित परिवार नै जानुभएको हो,’ पौडेलले भने, ‘यस अघि पनि उहाँको स्वास्थ्य परीक्षण बैंककमा भएको थियो । यसैले फेरि स्वास्थ्य परीक्षण र पारिवारिक भ्रमणको लागि सभापतिको परिवार नै थाइल्याण्ड प्रस्थान गरेको हो ।’
उनीहरू आइतबार दिउँसो १ बजेर ४६ मिनेटमा थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
सभापति देउवाको परिवार वैशाख १२/१३ गते मात्रै फर्किने उनको भनाइ छ ।
थाइल्याण्ड बसाइको क्रममा कुनै राजनीतिक भेटघाट नभएको पौडेलले जानकारी दिए ।
पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषयले सत्ता समीकरणमा केही तनावको स्थिति देखिन खोजेको थियो ।
तर सत्तारुढ दल कांग्रेस–एमालेले नियुक्तिसहितका विषयमा सहमति गरेको दाबी गरेका छन् । दुई दलीय असन्तुष्टिका बीच देउवाको थाइल्याण्ड भ्रमणलाई केहीले महत्त्वका साथ हेरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा