वासिङ्टन डीसी । अमेरिकाले चीनसँग अतिरिक्त भन्सार महसुलको बारेमा वार्ता गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भनेका छन् । विश्वका ठुला अर्थतन्त्रहरूले तितो व्यापार युद्ध अन्त्य गर्न सम्झौता गर्न सक्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । ‘हो, हामी चीनसँग कुरा गर्दैछौं,’ ट्रम्पले भने । आफूले कयौँ पटक चीनलाई सम्पर्क गरेको पनि ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सिधै कुरा गरेका हुन् र भनेर ट्रम्पलाई सोधिएको थियो । तर यसको उनले कुनै जवाफ दिएनन् । तर, पहिले उनले यसबारे कुरा भएको धेरै सङ्केत दिएका थिए ।
‘मैले कहिल्यै भनेको छैन कि यो भयो वा भएन । यो उचित छैन ।’ सीसँगको वार्ताबारे सोध्दा उनले भने । पत्रकारहरूले उनलाई सीले सम्पर्क गरेका थिए त ? भनेर सोधेका थिए । यसको जवाफमा ट्रम्पले हामी यसको बारेमा छिट्टै कुरा गर्नेछौँ भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलोन मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भयो : राष्ट्रपति ट्रम्प
ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश
युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
डोनाल्ड ट्रम्पले भने- रुस र युक्रेन सम्झौताको धेरै नजिक छन्