काठमाडौ । नेकपा एकीकृत समाजवादीकी नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले शिक्षक आन्दोलनप्रति कडा टिप्पणी गरेकी छन्
उनले भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाइएको भन्दै शिक्षक आन्दोलनप्रति रोषक प्रकट गरेकी छन् । उनले मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लागेर शिक्षक, सरकार र संसद्को बीचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट प्रयास गरे पनि शिक्षकहरू संवाद गर्न तयार नरहेको टिप्पणी गरेकी छन् ।
‘उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिल्यै पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौं भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र?’, झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘विधेयक पास गर्ने संसद् र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरूले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौं भन्न मिल्छ? राज्यको तलब खाएका शिक्षक कर्मचारीले ? भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ ?’
उनले आन्दोलन रोकर अब विद्यालय फर्किन शिक्षकहरूलाई आग्रह गरेकी छन् । सरकार र संसद्लाई विश्वास गर्न पनि उनले आग्रह गरेकी छन् ।
‘सर/मेडमहरू अब विद्यालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसद्लाई विश्वास गर्नुस् । जिम्मेवार नेता साथीहरू! ऐक्यवद्धताको रमिता तपाईंहरू पनि नगर्नुस् । बल र कोर्ट दुवै तपाईंकै खुट्टामा छ’, झाँक्रीले लेखेकी छन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ