रानीपोखरीको उत्खनन सुरु : भेटियो यस्तो तथ्य

पत्रपत्रिकाबाट

बुधबार, १९ पुस २०७४, ०६ : ३८
रानीपोखरीको उत्खनन सुरु : भेटियो यस्तो तथ्य

रानीपोखरीमा पानी जम्मा गर्न निर्माण गरिएको पर्खाल मल्लकालीन भएको तथ्य फेला परेको छ । विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो । आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

उत्खननका क्रममा ९ किसिमका मल्लकालीन इँट फेला परेको रानीपोखरी पूननिर्माणसम्बन्धी विज्ञ समूहका संयोजक विष्णुराज कार्कीले बताए ।

यसलगत्तै पोखरीको चारै सीमाना, बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने ब्रिजलगायत सम्पूर्ण क्षेत्रको उत्खखन गरिने कार्कीले बताए । विष्णुराज कार्की पुरातत्व विभागका पूर्वमहानिर्देशक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस