गाडीले धुँवा फालेको छ ? कारबाहीमा पर्नुहोला !

पत्रपत्रिकाबाट

मंगलबार, १४ कार्तिक २०७४, ०७ : ३२
गाडीले धुँवा फालेको छ ? कारबाहीमा पर्नुहोला !

अत्याधिक धुवाँ फालेर वातावरणीय प्रदुषण बढाउने ६५ सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ । १३ दिनदेखि सुरु कारबाही सोमबारसम्म आइपुग्दा प्रहरीले राजधानीका सडकमा सवारी प्रदुषण मापदण्ड पुरा नगरी गुडेका चारपांग्रे सवारीसाधनलाई कारबाही गरेको हो ।

उपत्यकामा गुड्ने गाडीलाई यातायात व्यवस्था विभागले बातावरण अनुकुलता जाँच गरी हरियो स्टिकर दिने गरेको छ ।

हरियो स्टिकर नभएका र नवीकरण नगरी गुड्दै आएका सावारीसाधनलाई प्रहरीले कारबाही सुरु गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
 

प्रतिक्रिया दिनुहोस