काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुनेभएको छ । सम्मेलन चैत २९ देखि ३१ गतेसम्म चल्नेछ ।
सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ ।
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष डा. हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए ।
यातायातका विज्ञ, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल हुनेछ ।
सार्वजनिक यातायात सुधार यातायात सेवालाई सर्वसुलभ, प्रभावकारी र वातावरणमैत्री बनाउन पहल गर्ने, स्मार्ट यातायात प्रणालीको प्रवर्द्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्ने, उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपद्हरूको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको प्रमुख ध्येय छ ।
अन्तर्राष्ट्रिय सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।
विभिन्न सरोकारवालासँग सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रयोग र यातायात सञ्चालनमा सुधारका उपायहरू खोजिने र सम्मेलनले नेपालको यातायात प्राणालीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने अपेक्षा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश
सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति
चितवनको पहाडी क्षेत्र मायाँटारमा यातायात पुगेपछि जीविको पार्जनमा सहज