काठमाडौ । आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारले आह्वान गरेको वार्तामा बस्न सर्त तेर्स्याएको छ।
शिक्षा मन्त्रालयले आजका लागि बोलाएको वार्तामा महासंघले सर्त राखेको हो।
मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई आज वार्तामा आउन भनेको थियो।
तर आफूहरू विद्यालय शिक्षा ऐन कसरी ल्याउने भन्ने विषयमा छलफल गर्ने भए मात्र वार्ता गर्न तयार रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नेपालखबरसँग बताए।
उनले भने, ‘२०८० असोज ५ गतेको सहमतिअनुसार माग पूरा गर्ने विषयमा मात्र छलफल गर्न तयार छौँ। पुन: के-के माग छन् भन्ने विषयमा मात्र हामी वार्तामा बस्दैनौँ।’
शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन गर्न र विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० देखि काठमाडौँमा आन्दोलन गरिरहेको छ।
यस क्रममा चैत २५ देखि शिक्षकहरू अनिश्चितकालीन शैक्षिक हड्तालमा उत्रिएका छन्।
यस अघि पनि शिक्षा मन्त्रालयले चैत २१ र २२ गते शिक्षक महासंघलाई वार्तामा बोलाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ चैत्र २०८१, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस (सुचीसहित)
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ