काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछिको घटनामा निष्पक्ष छानबिन हुने दाबी गरेका छन् । थाइल्यान्डको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले सबै विषयमा न्यायिक छानबिनकै आवश्यकता नहुने बताउँदै निष्पक्ष छानबिन सरकारले गर्ने जिकिर गरे ।‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरामा न्यायिक छानबिन नै हुनुपर्छ भन्ने छैन ।
त्यो हामी विचार गर्छौं । निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर ।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ७८ जनालाई प्रहरीले मुद्दा चलाएको छ । प्रहरीको रिपोर्ट अनुसार सो दिन २० राउन्ड गोली चलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ: प्रधानमन्त्री ओली