काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालले आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आउन नपाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।
थाइल्याण्डमा आयोजित बिमस्टेक सम्मेलनका क्रममा भएको साइडलाइन वार्ताका क्रममा प्रधानमन्त्री ओलीलाई सो जानकारी दिइएको हो । ‘यसपटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । किनभने उहाँको सो समयमा युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ ।
यद्यपि, भारतबाट उच्च तहबाट नै संवाद कार्यक्रममा प्रतिनिधित्व हुने प्रधानमन्त्री ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री