काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश भू-भागहरूमा भने तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको र वर्षाको सम्भावना कम रहेको छ ।
यसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव कायमै
कस्तो रहला आज देशभरको मौसम ?