वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति भारतमाथि २६ प्रतिशत पारस्परिक अर्थात् जस्तालाई त्यस्तै गर्दै अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरे । ‘भारत धेरै कठोर छ । मोदी मेरो असल साथी हुन्, तर उनले हामीसँग राम्रो व्यवहार गरिरहेका छैनन्,’ ट्रम्पले भने ।
ट्रम्पले भन्छन्, ‘भारतले अमेरिकामाथि ५२ प्रतिशतसम्मको अतिरिक्त भन्सार शुल्क लगाउँछ, त्यसैले अमेरिकाले भारतमा २६ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउनेछ । हामी अन्य देशहरूले लिने शुल्कको लगभग आधा शुल्क लगाउनेछौँ । त्यसकारण शुल्कहरू पूर्ण रूपमा पारस्परिक हुनेछैनन् । म त्यो गर्न सक्छु, तर धेरै देशहरूको लागि यो गाह्रो हुनेछ । हामी यो गर्न चाहँदैनथ्यौँ ।’
भारत बाहेक अमेरिकाले चीनमाथि ३४ प्रतिशत, युरोपेली सङ्घमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत पारस्परिक महसुल लगाएका छन् । त्यस्तैगरी, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमा ३२ प्रतिशत भन्सार महसुलको घोषणा गरिएको छ । अमेरिकाले लगभग ६० देशहरूमाथि उनीहरूले लगाउँदै आएको करको तुलनामा आधा कर लगाउने निर्णय गरेको छ ।
यसबाहेक, अन्य देशहरूबाट अमेरिका आउने सबै सामानहरूमा १० प्रतिशत आधारभूत भन्सार महसुल पनि लगाइनेछ । आधारभूत भन्सार महसुल अप्रिल ५ मा लागू हुनेछ र पारस्परिक भन्सार महसुल अप्रिल ९ को मध्यरात १२ बजेपछि लागू हुनेछ ।
आधारभूत भन्सार महसुल व्यापारको सामान्य नियम अन्तर्गत आयातमा लगाइन्छ भने पारस्परिक भन्सार महसुल अर्को देशले लगाएको भन्सार महसुलको प्रतिक्रियामा लगाइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ चैत्र २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलोन मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भयो : राष्ट्रपति ट्रम्प
ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश
युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
डोनाल्ड ट्रम्पले भने- रुस र युक्रेन सम्झौताको धेरै नजिक छन्