काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन नमिल्ने बताएका छन् ।बुधबार काठमाडौंमा रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताए । संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार बिर्सन नमिल्ने उनको तर्क छ ।
संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष भएको राष्ट्रपतिले बताए ।स्वतन्त्रताका नाममा हुने हिंसा, तोडफोड, आगजनी र लुटपाट सर्वदा निषेधित रहेको उनले प्रष्ट पारे । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाको क्रममा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै दुईजनाको निधनप्रति राष्ट्रपतिले दु:ख जनाए ।
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले पुर्याएको योगदानको चर्चा गरे ।
राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताएका छन् ।
कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ संगितकारहरू रत्नकुमारी गुरूङ, रत्न बेहोशी, मोहनप्रसाद जोशीलाई सम्मान गरेका थिए । साथै, गायक रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई राष्ट्रिय स्रष्टा सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० चैत्र २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल