एकाबिहानै मोटरसाइकल चालकको मृत्यु

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, २४ कार्तिक २०७५, ११ : ३२
एकाबिहानै मोटरसाइकल चालकको मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको भण्डारामा शनिबार बिहान अज्ञात सवारी साधनको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका, वडा नम्बर ६ निवासी २९ वर्षीय रमेशबाबु त्रिपाठी रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार बिहान ३ः३० बजेको समयमा भण्डारामा नम्बर नखुलेको सवारी साधन र ना ४० प ७०२४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना हुन पुगेको हो । 
दुर्घटनापछि स्थानीयवासीले बिहान १०ः०० बजेसम्म राजमार्ग अवरुद्ध गराएका थिए । अवरुद्ध सडक प्रहरीले खुलाइसकेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस