काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएको छ ।
विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ ।
प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद सचिवालयमा पठाएका छन् । योसँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।
तर, आफूहरू प्रधानमन्त्रीको जवाफ नसुनी संसद चल्न दिने पक्षमा नरहेको बताउँछिन् माओवादी केन्द्रकी सचेतक रुपा सोशी चौधरी । ‘अहिलेसम्म हाम्रो कुरा प्रष्ट छ । प्रधानमन्त्रीको जवाफ आएपछि संसद चल्छ’ चौधरीले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री