काठमाडौँ । पूर्वराजाका समर्थकहरू पूर्वनिर्धारित कार्यक्रम स्थल छाडेर बानेश्वरतिर अघि बढेपछि तीनकुनेमा झडप भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ लाई तीनकुनेस्थित चउरमा प्रदर्शन गर्न स्थानीय प्रशासनले अनुमति दिएको थियो ।
त्यहाँ नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले पनि संयुक्त रुपमा प्रदर्शन र सभा आयोजना गरेका हुन् ।
तीनकुनेमा प्रहरीले प्रदर्शनकारीमाथि दर्जनौँ राउन्ड अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारीहरू तीनकुने छाडेर ढुङ्गा हान्दै अघि बढेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए ।
उनले भने, ‘प्रदर्शनकारीहरू तीनकुने छाडेर हाम्रो ब्यारियर हटाएर बानेश्वरतिर आउन खोजेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।’ ब्यारियर राखेको ठाउँबाट आन्दोलनमा आएकाहरूले जबरजस्ती गाडी पनि छिराउन खोजेको भिडियोमा देखिन्छ । एसएसपी खनाल भन्छन्, ‘भिड हटाउन बल प्रयोग गर्नुपर्ने अवस्था आयो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस