काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ज्ञानेन्द्र शाह अधिराजकुमार हुँदा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम पूर्वपञ्चहरूले नै सार्वजनिक गरेका तथ्यहरूमा पढ्न पाइने स्मरण गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् अहिले आएर स्वार्थको रोटी सेक्न पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा भएको उनले बताएका छन् ।तर, आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेको उनले उल्लेख गरेका छन् ।
'पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषय पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ ।
अहिले आएर स्वार्थको रोटी सेक्न पूर्व पञ्चहरूले उनको गुणगान गाउनु बेग्लै कुरा हो,' उनले लेखेका छन्, 'तर आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेकै हुन् ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
एमालेले राम्रो काम गरेकै कारण चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल
जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : महासचिव पोखरेल
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल