काठमाडौं । विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएको छ ।आज बसेको विपक्षी दलहरूको बैठकले कुलमानलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको निष्कर्ष निकाल्दै विरोध गर्ने निर्णय भएको रास्वपा नेता सन्तोष परियारले बताए ।
उनले भने, ‘सरकारका पछिल्ला गतिविधि र निर्णयहरूको बारेमा छलफल भएको छ । सरकारले संख्याको दम्भ देखाउँदै कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । विधि विधान बाहिर अनुशासन बाहिर गएर शक्ति प्रयोग गरेर सरकारले गरेको यो यस्ता अरू गतिविधिहरुविरुद्ध सदनमा आवाज उठाउने निर्णय भएको छ ।
उनले सडकमा पनि विरोध जारी रहने बताए । सरकारले मन्त्रीहरूको हितमा नभई जनताको हितमा काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'