काठमाडौँ । संघीय संसद् अन्तरगत राष्ट्रियसभाको सत्रौँ अधिवेशनको १७ बैठक बुधबार बस्दैछ । बैठक अपराह्न १:१५ बजेका लागि बोलाइएको छ ।
बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन