काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू देश बनाउन सक्षम रहेको बताएका छन् । सरकार देश विकासको मिसनमा रहेको उनले दाबी गरे ।प्रोगेसिभ इन्जिनियर एसोसिएसनको १०औं महाधिवेशनलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै ओलीले आफूहरू देश बनाउन लागिपरेको बताएका हुन् ।
‘देश बनाउछौं, बन्छ । हामी बनाउँछौं हाम्रो देश । केही युवाहरू काम नपाएर, केही यहाँ काम गर्ने आइडिया नभएर विदेश गएका छन्, तर यहाँ सम्भावना नभएका होइनन्,’ ओलीले भने ।रूपन्देहीको छपियामा माछा पाल्ने किसानको उदाहरण दिँदै ओलीले भने– ‘औपचारिक शिक्षा नभए पनि उनीहरू माछा पालनमा अब्बल भइसकेका छन् ।’
उद्यमशील भएमा देशमा पनि अवसर निस्कने ओलीले बताए । ‘म पूर्वमा जाँदा देखेको थिए– खेर गइरहेको काल्नाको जमिनमा लगाएको स्कुसबाट किसानले २ लाख कमाइरहेका छन् । खेर गएको जमिनमा अम्रिसो लगाएर आम्दानी गरेका छन्,’ ओलीले भने ।
फरक प्रसङ्गमा ओलीले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति कटाक्ष गर्दै अरूले बनाएको बाटोमा गमला राखेर विकास देखाएको टिप्पणी गरे ।
‘आफूले बनाएको होस् या अरुले बनाएको बाटोमा गमला राखेर देखाउन पाएका छन, त्यसमा यहाँहरू (इन्जिनियर)को योगदान, पसिना र डिजाइन छ । मसिनो गरी गाइडेन्स छ’, ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री