काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेले प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुन नसकेको बताएका छन् ।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने सरकारको संकल्पलाई सफल पार्न नदिन प्रयत्न भइरहेको बताएका हुन् ।
‘त्यो स्वाभाविक पनि हो । विरोधीहरू लाग्छन् । यद्यपि संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो’, प्रधानमन्त्री आलीले भने, ‘तर त्यस्तो भइरहेको छैन। देखिँदैन ।’उनले अहिलेको प्रतिपक्ष कसरी आफूबाहेक अरू र सरकालाई बदनाम गर्न सकिन्छ भन्नेतर्फ लागेको आरोप लगाए ।
‘कसरी सत्यलाई ढाँट्न र झुटलाई फैलाउन सकिन्छ भन्नेमा उहाँहरू सक्रिय हुनुहुन्छ । अनावश्यक कुरामा हामीलाई अल्झाउन र ड्राइभर्ट गर्न खोज्छन् तर हामी आफ्ना काममा केन्द्रित हुन्छौँ’, प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री