एजेन्सी । इन्डियन प्रिमियर लिग अर्थात् आईपीएल २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई हराएको छ।
शनिबार कोलकाताको इडन गार्डेन मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो।
टस जितेर बलिङ गर्ने निर्णय गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई कोलकाता नाइट राइडर्सले पहिले ब्याटिङ गर्दै १७५ रनको लक्ष्य दिएको थियो।
रोयल च्यालेन्जर्स बैंगलोरका लागि फिल साल्टले ३१ बलमा ५६ रन, विराट कोहलीले ३६ बलमा ५९ रन र कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए।
रोयल च्यालेन्जर्स बैंगलोरले १६.२ ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएर लक्ष्य हासिल गर्यो।
यसअघि कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणेले ब्याटिङ गर्न आएर शानदार अर्धशतक बनाए। उनले ५६ रनको उत्कृष्ट इनिङ खेले। सुनील नारिनले २६ बलमा ४४ रन बनाए।
बलिङ गर्दा रोयल च्यालेन्जर्स बैंगलोरका लागि क्रुणाल पाण्ड्याले ३ विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०८१, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने