काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविधुतमा असर गरेको बताएका छन्।
आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल सोफेनद्वारा यहाँ आयोजित दिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानीु विषयक गोष्ठीमा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले खानेपानी, कृषि, जलविधुतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी भएको बताए।
उनले भने पानी जीवनको आधार हो। पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन। यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ। नेपाल सरकार खानेपानी मन्त्रालय संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको समेत मन्त्री यादवले प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ चैत्र २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
शुद्ध खानेपानी व्यवहारिक हक बन्नेछ: मन्त्री यादव
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : मन्त्री यादव
कोठा नम्बर ४०७ मा खानेपानीमन्त्रीको नयाँ कार्यकक्ष