काठमाडौं। डोल्पाको सेफोक्सुण्डो गाउँपालिका र छार्का ताङ्सोङ् गाउँपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग भेटघाट गरेका छन् । डंगोलसँगको भेटपछि कृषि उत्पादनमार्फत् सम्बन्ध राख्न उत्साहित भएको उनीहरूले बताएका छन् ।
महानले कार्यान्वयनमा ल्याएको एग्रो पुलिङ् कार्यक्रमका विषयमा छलफल गर्दै उनीहरूले विभिन्न जातका जडिबुटी, फापर, सिमी, आलु, दूध, मासु, ऊन, पश्मिनालगायत लत्ताकपडा काठमाडौंलाई दिन सकिने बताए ।
यसबाट स्थानीयको आयमा वृद्धि हुने बताउँदै उनीहरूले डोल्पाबाट धेरैले धेरै लिएको तर थोरै दिएको बताए । तर, महानगरको कार्यक्रमबाट लिनेदिने बराबरी हुने उनीहरूको भनाइ थियो ।
छलफलमा छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष सेनाङ् गुरुङ्, सेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ्सहित वडाध्यक्षहरू, रोजगार संयोजक र स्वास्थ्यकर्मीको टोली थियो ।
महानगरले वितरणमुखी सहयोगभन्दा सेवामूलक सम्बन्धबाट नागरिक तहमा लाभ पुग्नेगरी सहयोग गर्ने नीतिमा रहेको उपप्रमुख डंगोलले बताइन् । ‘एग्रो पुलिङ् हामीले कार्यान्वयनमा ल्याएको कार्यक्रम हो ।
यसबाट डोल्पाका नागरिकलाई आर्थिक लाभ हुन्छ । काठमाडौंका नागरिकले ताजा खाद्यान्न तथा तरकारी प्राप्त गर्नुहुनेछ,’ उनले भनिन्। एग्रो पुलिङ् कार्यक्रममार्फत् महानगरपालिकाले सबै स्थानीय तहसँग सहकार्य गर्न सक्ने उनको भनाइ थियो ।
कुराकानीका क्रममा छार्का ताङ्सोङ् गाउँपालिकाका अध्यक्ष गुरुङ्ले ठुलो भूगोल र पातलो बस्ती हुनु नै पालिकालाई विकास वितरण र व्यवस्थापनमा कठिन भएको धारणा राखे । ‘आफ्नै ठाउँमा उद्यम गरेर बसाइसराइै रोक्न सके पनि ठुलै उपलब्धि हुने थियो । यस्ता कार्यक्रम चलाउन महानगरपालिकाबाट सहयोगको अपेक्षा गरेका छौँ,’ उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह