एजेन्सी । इङ्ग्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले १-१ गोलको बराबरी खेलेका छन्। सो खेलको पहिलो हाफमा आर्सनलले दबाब दिए पनि अग्रता भने युनाइटेडले लिएको थियो।
घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा कप्तान ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। उनले २६ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन्। ७४ औँ मिनेटमा स्टेफन राइसले आर्सनलका लागि गोल गरे।
बराबरीपछि शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकपछि रहँदै आर्सनल दोस्रो स्थानमा छ। लिभरपुलको ७० तथा आर्सनलको ५५ अंक छ। युनाइटेड ३४ अंकसहित १४ औँ स्थानमा छ।
प्रिमियर सिपको आइतबार भएको अर्को खेलमा चेल्सीले लिसेस्टरलाई १-० ले हरायो। चेल्सीका लागि मार्क कुकुरेलाले ६० औँ मिनेटमा गोल गरे। अर्को खेलमा टोटनहाम हस्टस्पर्स र बोर्नमाउथले २-२ गोलको बराबरी खेलेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ फागुन २०८१, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा