जनकपुरधाम । सप्तरीको सप्तकोशी नगरपलिका-१ फत्तेपुरस्थित एउटा घरमा आज बिहान बाघ छिरेको छ । बाघ आएपछि गाउँलेहरू त्रसित हुँदै भागाभाग भएका थिए ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने स्थानीयले बताएका छन् ।धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बाघको आक्रमणबाट तीनजना घाइते भएको बताए ।
उनले बाघ नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपालको नेतृत्वमा टोली खटेको बताए । उनले भने, ‘वनको टोली पनि त्यहाँ पुगिसकेको छ । प्रहरी र वनको टोली समन्वय गरी बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव