काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक रहेको बताए ।
ओलीले अपराध भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानविन, सही अभियोजन, गल्ती अनुसारको सजायको व्यवस्था हुनु जरुरी रहेको उल्लेख गरे ।
उनले अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासहरुले रोक्न नसक्ने भन्दै सबै देशको सहयोग आवश्यक हुने बताए ।
ओलीले पारस्परिक सहयोगबाट अपराध नियन्त्रण गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ: प्रधानमन्त्री ओली