काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त चिफ अफ स्टाफ (जोइन्ट चीफ अफ स्टाफ)का अध्यक्ष सीक्यू ब्राउनलाई पदबाट हटाएका छन्। उनी अमेरिकाका उच्च अधिकारी थिए ।
यो निर्णयलाई उच्च सैन्य नेतृत्वमा ठूलो परिवर्तनको रूपमा हेरिएको छ । ट्रम्पले सामाजिक सञ्जालमा यो जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘म जनरल चार्ल्स ‘सीक्यू’ ब्राउनलाई हाम्रो देशको लागि ४० वर्षभन्दा बढी सेवा गरेकोमा धन्यवाद दिन्छु।
जनरल ब्राउन अमेरिकी इतिहासमा यो पद धारण गर्ने दोस्रो अश्वेत अधिकारी थिए। यो पद धारण गर्ने व्यक्तिले राष्ट्रिय सुरक्षाका विषयमा राष्ट्रपति र रक्षामन्त्रीलाई सल्लाह दिन्छन्।यसअघि रक्षामन्त्री पिट हेगसेथले जनरल ब्राउनलाई हटाउनु पर्ने बताएका थिए ।
शुक्रबारपछि रक्षामन्त्री हेगसेथले थप दुई वरिष्ठ सैन्य अधिकारीलाई हटाउने घोषणा गरेका थिए ।जसमा नौसेना अपरेसन प्रमुख एडम लिसा फ्रानचेट्टी र वायुसेनाका उपप्रमुख जनरल जिम स्लिफ पर्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलोन मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भयो : राष्ट्रपति ट्रम्प
ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश
युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
डोनाल्ड ट्रम्पले भने- रुस र युक्रेन सम्झौताको धेरै नजिक छन्