काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको दाबी गरेका छन् । बुधबार (आज) बाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि बताए ।
‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ । यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ सभापति देउवाले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला ।उनले आफू नेतृत्वको पार्टी पनि पूर्ण समावेशी भएको जिकिर गरे । पार्टीमात्रै नभइ देश नै समावेशी रहेको देउवाको भनाइ थियो ।
‘हाम्रोमा आदिवासी जनजाती, मधेशी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा । हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ,’ देउवाले भने ।२५ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजबाट १० गतेसम्म चल्नेछ ।
देउवाले महाधिवेशन सफलताको कामना पनि गरे । २०५३ सालमा पहिलोपटक प्रजातन्त्र सेनानी संघको अधिवेशन भएको थियो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।
यसबीचमा तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील थियो । २०५३ देखि हालसम्म चार जना अध्यक्ष बनेका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिबाट संस्था सञ्चालित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा