काठमाडौं । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुन अनन्तले शहीद मार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए ।पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए ।
‘चालू आर्थिक वर्ष ०८१/०८२ मा शहीद मार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रूपैयाँ रकमको व्यवस्था गरिएको थियो । हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ । सो खण्डको तुरुन्त ठेक्का लगाउन सरकारको ध्यानकर्षण गराउँछु’, पुनले भने,‘त्यसै गरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ । सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ ।’
सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको ? भन्दै सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको घुस डिलबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो