एमाले-माओवादी एकता प्रक्रिया : सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

पत्रपत्रिकाबाट

मंगलबार, १८ पुस २०७४, ०६ : ४६
एमाले-माओवादी एकता प्रक्रिया : सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

नेकमा एमाले र माओवादी केन्द्रवीचन एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठानिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।

पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी 'नेपाल कम्युनिष्ट पार्टी' राख्नेदेखि एमालेको सिद्धान्त 'जनताको बहुदलीय जनवाद' र माओवादीले अपनाउँदै आएको 'माओवाद' दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस