काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक विद्यालयका प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीबाट लिएको ६५ हजार रुपैयाँ घुससहित पक्राउ परेका राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमराज कँडेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार राजनारायण माध्यमिक विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो ।
उजुरीका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले गुप्ता र कहार घुस रकमसहित नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा विद्यालयका प्रधानाध्यापक कँडेल, लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समिति सदस्य कहारको मिलोमतोमा सेवाग्राहीसँग घुस लिएको खुलेको थियो ।
आयोगले उनीहरूलाई कैद तथा बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमहानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश
तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगञ्जका मेयर सिंह र तत्कालीन प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर