काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक विद्यालयका प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीबाट लिएको ६५ हजार रुपैयाँ घुससहित पक्राउ परेका राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमराज कँडेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार राजनारायण माध्यमिक विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो ।
उजुरीका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले गुप्ता र कहार घुस रकमसहित नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा विद्यालयका प्रधानाध्यापक कँडेल, लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समिति सदस्य कहारको मिलोमतोमा सेवाग्राहीसँग घुस लिएको खुलेको थियो ।
आयोगले उनीहरूलाई कैद तथा बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेयर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर
प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोड आठ लाख बढीको भ्रष्टाचार मुद्दा
सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
३० हजार घुस लिएको अभियोगमा नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा