वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालयमा फर्किन नचाहने लगभग सबै कर्मचारीलाई ‘बाइआउट’ प्योकज दिने घोषणा गरेका छन् ।
अमेरिकी सरकारको आकारलाई खुम्च्याउन यो कदम चालिएको हो । ‘डिफर्ड रेजिग्नेशन प्रोग्राम’को हिस्सा बन्ने हो कि होइन भन्ने निर्णय गर्न ६ फेब्रुअरीसम्मको समय भएको मङ्गलवार लाखौँ कर्मचारीलाई पठाइएको इमेलमा ट्रम्पले बताएका छन् ।
सो मितिसम्ममा जागिर छाड्न चाहने कर्मचारीले जागिर छाडेबापत ८ महिनाको तल एकमुष्ठ पाउने बताइएको छ । अहिले अमेरिकी संघीय सरकारमा करिब २० लाख कर्मचारी छन् ।
यीमध्ये १० प्रतिशत अर्थात् करिब २ लाख जनाले यो कार्यक्रममा सहभागी हुने आशा ट्रम्प प्रशासनको छ । यो योजनाबाट सरकारको १ खर्ब डलरसम्म बच्न सक्ने ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले अमेरिकी सञ्चार माध्यमलाई भनेका छन् ।
हुलाक कर्मचारी, सेनाका जवान, अध्यागमनका अधिकारी र राष्ट्रिय सुरक्षाका केही कामदारले भने यो अफर नपाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलोन मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भयो : राष्ट्रपति ट्रम्प
ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश
युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
डोनाल्ड ट्रम्पले भने- रुस र युक्रेन सम्झौताको धेरै नजिक छन्