काठमाडौं। अनलाइन जुवा खेलाएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार उनीहरूले हालसम्म दुई करोड ४१ हजार ६ सय ३६ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
साथै प्रहरीले उनीहरूबाट नगद ९० हजार, चार थान मोबाइल सेट, एक थान कम्प्यूटर,५९ वटा सिमकार्ड, विभिन्न ब्याङका २७ थान एटीएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ