बाँके। बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा हिजो (बुधबार) दिउँसो बाघले आक्रमण गर्दा ६७ वर्षीया चेती बुढाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दाउरा काट्न गएकी चेतीलाई घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेको थियो । निरीक्षक भट्टराईले बाघले वृद्धाको टाउको र खुट्टाको केही भाग खाएको छ।
मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको इप्रका प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव