बाँके। बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा हिजो (बुधबार) दिउँसो बाघले आक्रमण गर्दा ६७ वर्षीया चेती बुढाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दाउरा काट्न गएकी चेतीलाई घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेको थियो । निरीक्षक भट्टराईले बाघले वृद्धाको टाउको र खुट्टाको केही भाग खाएको छ।
मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको इप्रका प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा