चितवनमा ११ जना जुवाडे पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, १२ कार्तिक २०७५, १८ : ५४
चितवनमा ११ जना जुवाडे पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनद्वारा शुरु गरिएको थ्रिएस अप्रेसन अन्तर्गत रु. १ लाख ११ हजार ९ सय ५ रुपैयाँसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको छ ।    

भरतपुर महानगरपालिका वडा नं. १३ स्थित चिन्ताहरण रेष्टुयरेण्टबाट १६ थान कौडा, ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता दुर्गा राज रेग्मीले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस